Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?


    बुधबार, असार ९ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँले बढाएको हो । 

    अब पेट्रोल लिटरको १ सय २७ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय १० रुपैयाँ कायम भएको छ । यस्तै हवाइ इन्धन  आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ८२ रुपैया कायम भएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।  यो मूल्य आज राती १२ बजेबाट लागू हुनेछ ।   

    viber_image_2021-06-23_20-05-53-948x1536.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार