Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • असार १७ गतेबाट आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान कहाँ कहाँ हुँदैछ ?


    बुधबार, असार ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि बन्द भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ ।

    मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ ।

    यसअघि आउँदो आइतबारबाट उडान सुरु गर्ने तयारी गरेको मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसहित सरोकारवालासँगको छलफलपछि जुलाई १ (असार १) गतेबाट आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । 

    यसअघि मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गर्दै उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रालयलाई दिएको थियो । 

    मन्त्रालयले अन्तर्राष्ट्रिय उडान भोलि बिहीबारबाटै गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले भोलि जुन २४ देखि जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

    सार्वजनिक तालिकाअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    २५ जुनमा नेपाल एयरलाइन्सको विमानले जापान जाने र एयर इण्डियाको विमान दिल्लीबाट काठमाडौं आउने तालिकामा उल्लेख छ । 

    यस्तै २६ जुनमा कतार एयरवेजको विमान दोहाबाट काठमाडौं र टर्की एयरलाइन्सको विमान इस्तानबुलबाट काठमाडौं आउने छ । सोही दिन एयर अरेवियाको विमान आबुधावीबाट काठमाडौं आउने उक्त तालिकामा उल्लेख छ । 

    यसैगरी २७ जुनमा नेपाल एयरलाइन्सले दोहा,  हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबई, कतार एयरवेज दोहाबाट काठमाडौं, जजिरा एयरवेज कुवेतबाट काठमाडौंको उडान भर्ने छ । 

    यस्तै २८ जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले साउदीको दमाममा, कतार एयरवेजले दोहाबाट काठमाडौं र २९ जुनमा नेपाल एयरलाइन्सले दोहा जाने टर्कीबाट टर्किस एयरलाइन्सले काठमाडौँ, फ्लाई दुबई दुबईबाट काठमाडौंको, ओमानबाट सलाम एयरको विमानले काठमाडौंको उडान भर्ने तालिकामा उल्लेख छ । 

    यसैगरी ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान भर्नेछ । 

    1624452727-ADwBa.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार