Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो


    बुधबार, असार ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–९ होमामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    मंगलबार राति घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा घर भित्र सुतिरहेका ६ जनामध्ये ३ को मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कृति बुढामगर, १८ वर्षीय बुहारी सुशीला र १५ वर्षिय छोरी श्यामकला रहेका छन् ।

    पहिरोमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार