Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावको मुखैमा एनआरएनएका उपाध्यक्ष पक्राउ


    बुधबार, असार ९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ पक्राउ परेका छन् । एनआरएनए कतारको चुनाव आगामी ९ जुलाईमा हुन गइरहेको बेला उपाध्यक्ष गुरुङ पक्राउ परेका छन् । उनलाई कतार प्रहरीले पक्राउ गरेको बिषयमा एनआरएन कतार मौन रहेको छ । प्रथम उपाध्यक्ष गुरुङ विगत ११ दिनदेखि कतारमा कसैको सम्पर्कमा छैनन् । र, एनआरएन कतारले उनी कहाँ छन् भन्नेबारेमा केही बताएको छैन ।

    गुरुङलाई एक वर्षअघि एउटा घटनामा संलग्न भएको भन्दै कतार प्रहरीले डिपोर्टको सूचीमा राखेको थियो । अवैधरुपमा जुवातास खेलाएको र होहल्ला गरेको आरोपमा गुरुङसहित १२ जनालाई ‘डिपोर्ट’ को सूचीमा राखेको कतारस्थित नेपाली दूतावासले जनाएको थियो । तर उनले नेपालमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीमार्फत् दूताबासमा भनसुन गराई डिपोर्ट गर्नबाट रोकेका थिए । ११ दिनअघि उनी सम्पर्क विहीन भएपछि प्रहरीले पक्राउ गरेको सूचना एनआरएन कतारका पदाधिकारीलाई थाहा छ ।  तर उनीहरु मुख खोलिरहेका छैनन् ।

    एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान गुरुङ पक्राउका बारेमा जानकारी दिनुपर्छ भनेर संचारकर्मीको सम्पर्कमै आउन चाहिरहेका छैनन् । गुरुङ सम्पर्कबिहीन भएको जानकारी आफूलाई नभएको कतारका लागि नेपाली राजदूत डा. नारद भारद्धाज वाग्लेले संचारकर्मीहरुलाई भन्ने गरेका छन् । उनका अनुसार गुरुङ पहिला डिपोर्टेशनको सूचीमा थिए, दूताबासले उनको डिपोर्टेशन रोक्न आग्रह गरेका थियो । तर, कतार प्रहरीले अस्वीकार गरेको थियो ।

    त्यसैगरी, एनआरएनए कतारका प्रथम उपाध्यक्ष गुरुङसहितका पदाधिकारीले सदस्यहरुसँग उठाएको रकम हिनामिना गरेको आरोप पनि छ । एनसीसी कतारको बैंकमा रहेको २ लाख ५० हजार रियाल निकालेर खाता नै शून्य बनाएको आरोप उनीहरुमाथि लाग्दैआएको छ ।

    कतार एनआरएनएका सदस्यहरुसँग उठाएको उक्त रकमबाट गुरुङसहितका पदाधिकारीले टनेल लाउन्ज एण्ड क्लवमा लगानी गरेको कतारमा नेपालीले बताएका छन् । 
    कतारमा रहेका नेपालीबाट लेबीका रुपमा उठाएको नेपाली रुपैयाँ ८२ लाख निकालेर टनेल क्लवमा लगानी गरेको बिषयले कतार एनआरएनएमा विवाद छ । एनआरएनएका सदस्यहरुसँग लेवी उठाएर जम्मा गरेको संघको ८२ लाख रुपैयाँ र एनआरएनएलाई आइएलओले सहयोग गरेको लाखौं रकम समेत गुरुङको समूहले टनेल क्लवमा लगानी गरेको कुराले कतारका एनआरएनहरुबीच हंगामा मच्चिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार