Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुपचुप रुपमा नगरसभा गर्न खोज्दा नाराबाजी, अवकाश पाएका लेखापाल राखेर भ्रष्टाचार


    मंगलबार, असार ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । विदेह नगरपालिका धनुषाले सुटुक्क नगरसभा गर्न खोजेपछि विवाद चर्किएर नाराजुलुस नै भएको छ । सोमबार सुटुक्क गर्न लागेको नगरसभा तत्काल रोकेर आर्थिक बर्ष ०७५÷०७६ देखि हालसम्मको हिसाबकिताब सार्बजनिक गर्न माग गर्दै नगरबासीले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिरुद्ध नाराबाजी गरेका छन् ।

    नगरपालिकामा ब्यापक अनियमितता भएको भन्दै नगरबासीले नगर सभा खुलारुपमा गर्नुपर्ने, आन्तरिक तथा बाहय आय–ब्यय पारदर्शी गर्नुपर्ने, गैरकानुनी रुपमा कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने लगायतका माग राखी बिरोध गरेका छन् । 

    विदेह नगरपालिकाका मेयर बेचन दासले प्रत्येक बर्ष कसैलाई थाहा नै नदिई गुपचुप रुपमा जनकपुरमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार साहको कोठामा बसेर माइन्युट लेख्ने र घर घर गएर आफैंले दस्तखत गराएर नगर सभाको निर्णय पारित गराउँदैआएका छन् । यस बर्ष पनि त्यसरी नै गर्न लाग्दा स्थानीयले बिरोध गरेको एमालेका युवानेता राजकिशोर यादवले बताए ।

    नगरपालिकाभित्र करोडौं रुपैयाँ अनियामितता गरेको, शिक्षा, स्वास्थ्य शीर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साहमाथि लागेको छ । अधिकृत साहले संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएका कुनै पनि कर्मचारीलाई हाजरी हुन नदिने, बिभिन्न डर, धाक–धम्की दिन लगाउने गरेका छन् । र,  साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई मिलेमतोमा मनपरी गर्दैआएका छन् ।

    sanjib saha.jpg

    साह आफैं इन्जिनियर र आफै प्रमुख प्रशासकीय अधिकृत हुन् । जसका कारण साहले नै दुवै जिम्मेवारी पाएकाले नगरपालिकामा झन् भ्रष्टाचार बढेको छ । उनलले आफैं कार्य अनुगमन गर्ने र आफैं बिल भर्पाई फस्र्यौट गर्ने गर्दछन् । लेखापाल हँुदाहुँदै अबकाश प्राप्त लेखापाल अरुणकुमार झालाई बील भर्पाई मिलाउनकै लागि गैरकानुनी लेखा सल्लाहकार नियुक्त गरेको आरोप कार्यपालिका सदस्य हरिनरायण साहले लगाएका छन् ।

    कोठाभित्र गुपचुप रुपमा गर्न लागेको नगर परिषद् स्थानीयले अबरुद्ध पारेपछि असार मसान्तभित्र आयब्यय उपलब्ध गराउने प्रतिबद्धता अधिकृत साहले गरेका छन् । असारभित्र आयब्यय सार्वजनिक गर्ने प्रमुख प्रशासकीय अधिकृत साहको प्रतिबद्धतापछि नगरबासीहरु परिषद् गर्न दिन सहमत भएका छन् । अधिकृत साहको सरुवा तीन बर्षअघि नै भौतिक पुर्बाधार मन्त्रालयमा भइसकेको हो । तर सरुवा भएको तीन बर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत भई बिदेह नगरपालिकामा मेयरसँग मिलेर अनियमिततामा तल्लीन छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार