ललितपुर । ललितपुर महानगरपालिकाले बुधबारदेखि कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
एक सूचना जारी गर्दै महानगरले यस बारे जानकारी गराएको छ । सूचनामा बुधबारदेखि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ७७ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा खोप लगाइने जनाइएको छ ।
७७ वर्ष माथिका२ हजार २२० जना र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी २ हजार ५ सय जनालाई महानगरले कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने भएको हो । खोप लगाउनको लागि महानगरले विभिन्न ८ स्थानमा केन्द्र तोकेको छ ।
