Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा देखिएको डेल्टा प्लस प्रजाति कस्तो हो ? यसबाट कसरी बच्ने ?


    मंगलबार, असार ८ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा केही खुकुलो बनाइएको छ । 

    यसैबीच अब कोरोनाको तस्रो लहर पनि आउने चर्चा पनि छ ।  साथै हालै नेपालमा कोरोनाको डेल्टा प्लस प्रजाति पनि देखिएको छ । 

    नेपालमा देखिएको डेल्टा प्लस प्रजाति बारे डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप  बिकास भएको बताएका छन् । 

    कोरोनाको डेल्टा प्लस प्रजाति बारे यसो भन्छन् डा. पाण्डे – नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट ( जसलाई इन्डियन भेरिएन्ट भनिन्थ्यो ) त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप  बिकास भएको हो । यो प्रजाति युरोपमा मार्चमै देखिएको थियो ।  बेलायत, भारत, अमेरिका लगायत १० देशमा यो प्रमाणित भएको छ ।  भारतीय स्वास्थ्यविज्ञका अनुसार यो भेरिएन्ट मोनोन्युक्लियल एन्टिबोडी ( भारतमा हाल चलाइएको उपचारको कक्टेल ) प्रतिरोधी छ भनिएको छ । 

    – यो डेल्टा भेरिएन्टको म्युटेसन भएकोले यसको संक्रमण दर तथा घातकता डेल्टा भाइरसभन्दा कति फरक छ भन्ने पूर्ण अध्ययन भएको छैन । 

    – खोप लगाएका व्यक्तिको प्लाज्मामा यो प्रजातिको अध्ययन हुँदैछ । यो अध्ययनबाट खोपको प्रभावकारिता थाहा हुनेछ | त्यस्तै दोस्रो लहरमा संक्रमण भएर निको भएका व्यक्तिलाई यो प्रजातिले असर गर्छ कि गर्दैन भनेर अध्ययन सुरु भएको छ ।  अहिलेसम्मका अध्ययन अनुसार खोप लगाएका तथा दोस्रो लहरमा डेल्टा भेरिएन्टले संक्रमण भएर निको भएका व्यक्तिमा यसको जोखिम नहुन सक्छ । 

    कसरी बच्ने ?

    यो र अन्य आगामी म्युटेसनबाट आउने नयाँ प्रजातिबाट बच्ने उपाय भनेको खोपलाई ब्यापक रुपमा लगाउने तथा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना नै हो । यो नयाँ उत्परिवर्तनबाट आत्तिनु पर्दैन तर हामीहरु थप सतर्क हुनुपर्दछ ।  जहिलेसम्म पूर्ण जनसंख्याको खोपमा पहुँच हुँदैन तबसम्म नयाँ उत्परिवर्तनमा जोखिम हुन्छ नै । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार