Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केफएसीको ब्रम्हलुटः टेक वे अर्डरमा पनि सर्भिस चार्ज असुली


    मंगलबार, असार ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ग्राहकहरुबाट अर्डर लिई खाना तयार गरेर दिने (टेक वे अर्डर) का लागि अनुमति दिएपछि रेष्टुरेन्टहरु खुल्न थालेका छन् । टेक वे अर्डरका लागि खुलेका त्यस्ता रेष्टुुरेन्टहरुले ग्राहकहरुबाट सेवा शुल्क (सर्भिस चार्ज) लिने गरेको पाइएको छ । 

    टेक वे भनेको पकाएर दिने मात्र हो ।  पकाएर दिनेमात्र भएकाले सर्भिस चार्ज लिन पाइँदैन । रेष्टुरेन्टमा बसेर खाने ग्राहकसँग बाहेक प्याकिङ गरेर खानेकुरा लानेसँग सेवाशुल्क लिन पाइँदैन । तर दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको देवयानी इन्टरनेशनल नेपालद्वारा संचालित केएफसी रेष्टुरेन्टले टेक वे अर्डरको समेत सेवा शुल्क लिएको पाइएको छ ।  

    केएफसीले २०७८ जेठ ४ (१८ जुन २०२१) मा टेक वे अर्डरमा समेत सर्भिस चार्ज लिएको फेलापरेको छ । सो दिन केएफसीले जारी गरेको १ हजार १ सय १८ रुपैयाँ ७ पैसाको बिलमा १ सय १ रुपैयाँ ७१ पैसा सर्भिस चार्ज लिइएको छ । टेक वे अर्डरमा समेत सर्भिस चार्ज लिई केएफसीले गरेको ब्रम्हलुटलाई कुन निकायले रोक्ने हो । यो गुनासो ग्राहकहरुले गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार