Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकप फुटबल : डेनमार्क नकआउट चरणमा


    मंगलबार, असार ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत  डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ ।

    सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

    घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले समान एक एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

    यस जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।

    पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार