काडमाडौं । नेपाली कांग्रेसका नेताहरुलाई आसन्न १४औँ महाधिवेशनका लागि नेताहरुले दौडधुप थालेका छन् ।
आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४औँ महाधिवेशन हुने कार्यतालिका सार्वजनिक भएसँगै कार्यकर्ताहरु पनि आफ्नो उम्मेदवारलाई जिताउने गरी सक्रिय बन्न थालेका छन् । यद्यपि हालसम्म औपचारिक रुपमा उम्मेदवारी घोषणा भइसकेको छ ।
सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङलगायतको नाम चर्चामा आइरहेको छ ।
तर, ती मध्ये निधि, शशांक र सिंहबीच देउवाको विकल्पमा नेतृत्वको विषयलाई लिएर सोमबार लन्च मिटिङ भएको छ । आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा ‘लन्च’ का लागि निधिले शशांक र सिंहलाई मध्यबानेश्वरस्थित आफ्नो निवासमा बोलाएर मिटिङ गरेका हुन् ।
सोक्रममा उनीहरुबीच पारिवारिकसहित पार्टीको महाधिवेशन र नेतृत्वको विषयमा कुराकानी भएको छ । ३० वर्ष देखि निधि देउवाको सहयात्री नेताको रुपमा चिनिँदै आएका छन् । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले शशांक र सिंहलाई आफूलाई सघाउन आग्रह गरेका छन् ।
तर, शशांक र सिंहले पनि आफ्नो दाबेदारी पेस गरेका छन् । शशांकले नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए ।
यता सिंहले पनि सभापतिमा आफूलाई सहयोग गर्न निधि र शशांकसँग आग्रह गरे । सोक्रममा शशांक र सिंहले देउवाको विकल्प खोज्नुपर्नेमा जोड दिँदा निधिले देउवाबाट पनि सद्भाव प्राप्त गर्न सकिने बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend