Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • जनताले खाेजेकाे जस्तै विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ – कमल थापा


    सोमबार, असार ७ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले जनताले अहिले विकल्प खोजिरहेको भन्दै थापाले त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताएका छन् ।

    नेता थापाले सामाजिक सञ्जालमार्फत पार्टीको महाधिवेशन चाँडो गर्नु जरुरी रहेको बताउदै जनताले खाेजेकाे विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताएका हुन् ।

    उनले स्थानीयतह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी रहेको बताएका हुन् । 

    उनले लेखेका छन् – ‘स्थानीयतह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ । स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ । नविर्सौं-जनता विकल्प खोजिरहेका छन्। त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार