Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिकाे नैतिक धरातल पातालमै भासिने भो ! – बाबुराम भट्टराई


    सोमबार, असार ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत नेता भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका हन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिन लागेकाे भन्दै मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुनै नसक्ने बताएका छन् ।

    उनले भने – ‘ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।’

    उनले स्वच्छ छवीका मानिएका ८० बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा आफ्नो समेत हस्ताक्षर दुरूपयोग गरेको बताएका छन् । 

    उनले लेखेका छन् – ‘ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु! NOT IN MY NAME!’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार