Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्युटीमा खटिएका एक सैनिक जवानले आफैंलाई गोली हाने


    सोमबार, असार ७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैंमाथि गोली हानेका छन् ।

    पोखरिया नगरपालिका वडा नम्बर-५ का चौहानले आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै आफूमाथि गोली प्रहार गरेका हुन् । 

    ‘राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ । गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘जसकारण उहाँको ज्यान जोगियो । तर, गम्भीर घाइते हुनुहुन्छ ।’

    जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार गम्भीर घाइते भएका घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचार पछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ ।

    गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार