Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने


    आइतबार, असार ६ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानलाई हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

    जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको समय दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

    सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले आफू दलित भएको थाहा पाएपछि ती घरबेटीले कोठा नदिएको भन्दै प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन् ।

    ती घरबेटीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार