Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : आज दुई खेल हुँदै, यस्तो छ खेल समीकरण


    आइतबार, असार ६ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी ।  जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

    युरोकपको समूह चरणको अन्तिम खेल अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

    रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ भने  बाकुमा स्वीजरल्याण्ड र टर्कीबीचको खेल हुनेछ। दुवै टोलीबीचको  खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

    इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

    वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

    वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

    यस्तै आजकै अर्को खेलमा स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ  पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

    टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार