Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा स्मार्ट लकडाउनको तयारी, सवारीमा जोर-बिजोर लागु गरिँदै


    आइतबार, असार ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । असार महिनाको दोस्रो साताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा ‘स्मार्ट लकडाउन’ कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएसँगै स्मार्ट लकडाउन कार्यान्वयनमा आउने भएको हो। 

    स्रोतका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)लाई यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी दिइएको बुझिएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउछन् ।

    निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारी साधनमा जोरबिजोरलगायतका उपाय अवलम्बन गर्न सकिने सीसीएमसीका अधिकारीहरू बताउँछन् ।

    विशेषगरी ‘स्मार्ट लकडाउन’ काठमाडौँ उपत्यकालगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाहरूको सहरी क्षेत्रमा लागू गर्न सकिने देखिन्छ । होमडेलिभरी तथा अनलाइन सपिङ पनि स्मार्ट लकडाउनको महìवपूर्ण पक्ष हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा र स्मार्ट निषेधाज्ञामा निकै भिन्नता रहेको बताउछन्  निषेधाज्ञाको अगाडि स्मार्ट लगाए पनि स्वरूप र प्रकृतिका विषयमा अन्योल छ, उनले भने ।

    यससम्बन्धमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज छलफल हुँदैछ । 

    वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको दुई महिना बितेको छ । सो अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम यथावत् रहेको भनाइ स्वास्थ्य विज्ञहरूको छ । कोरोना सङ्क्रमण पुनः फैलिन नसक्ने गरी मुलुकको समग्र क्षेत्रलाई क्रमशः चलायमान बनाई सर्वसाधारणको दिनचर्यालाई सहज बनाउनुपर्ने आवश्यकता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार