Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टको निधन


    आइतबार, असार ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपाली काँग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

    मन्त्री बिष्टको शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। 

    पारिवारिक स्रोतका अनुसार बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । 

    गत जेठ १६ गते कोरोना पुष्टि भएपछि बिष्टको कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

    नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार