एजेन्सी । युरोकप फुटबलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलअन्तरले हराएको छ ।
गएराति जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगललाई जर्मनीले ४ -२ले पराजित गरेको हो।
जर्मनीको जितमा पोर्चुगलका दुई खेलाडीले दुई आत्मघाती गोल गरेका थिए ।
यद्यपि खेलको सुरुवातमा पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले टीमका लागि पहिलो गोल गरेका थिए ।
तर, यसपछि जर्मनीले लगातार चार गोल गर्यो। उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।
६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।
जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ ।