Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुसमा जहाज दुर्घटना हुँदा नौ जनाको मृत्यु


    आइतबार, असार ६ २०७८
    3.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ ।

    प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो । 

    दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।  त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ । 

    सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ ।

    तर, चौथो पकटको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार