काठमाडौ, ३१ बैशाख । त्रिभुवन विमानस्थलमा बुधबार बिहान चिनियाँ एयरफोर्सको जहाज आएको छ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार सैनिक उडान भएकाले जहाजले के सामान ल्याएर आएको छ भन्ने विमानस्थल प्रशासनलाई जानकारी दिइएको छैन।
सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर त्यसमा केके छ भन्ने खुल्न सकेको छैन।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ।
‘चिनियाँ सेनाले गरेको सहयोगको काठमाडौं आएको हो। त्यसमा के सामान छ, हामी केहीबेरमा वक्तव्यमार्फत् जानकारी दिन्छौं,’ दूतावासका एक अधिकारीले सेतोपाटीसँग भने।