Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कहाँबाट आएका थिए भक्तपुरका दुई कोरोना संक्रमित महिला ?


    बुधबार, बैशाख ३१ २०७७
    575
    Shares
  • २ मिनेट पाठ
  • भक्तपुर, ३१ बैशाख ।भक्तपुरका कोरोना संक्रमित दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी जानकारी दिइन ।

    युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ।

    संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।

    यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।

    उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ।

    दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।

    ुसबै कुरा खुल्न आएको छैन। हामीले उहाँहरूसँग सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको छ,ु उनले भने।

    मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्। यो एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो।

    योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ। ३४ जना निको भएका छन्। जसमा तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार