Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किटको अभाव भएपछि परिक्षण विनै घर फर्काइदै


    मंगलबार, बैशाख ३० २०७७
    700
    Shares
  • २ मिनेट पाठ
  • रोल्पा, ३० बैशाख । मुलुकमा कोरोना संक्रमणको त्रास बढदै गइरहेको बेला रोल्पामा क्वारेन्टाइनमा बसेका मानिसलाई परिक्षण विना नै घर पठाउन थालेको छ । कोरोना परिक्षण्को लागि आवश्यक पर्ने किटको अभाव भएपछि उनीहरुलाई परिक्षण विनै छर फर्काइएको हो ।  विभिन्न जिल्ला तथा विदेशबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्दै आएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षण विना नै घर पठाइएको हो ।

    वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यका अनुसार कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको हो । उनले जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन अनुरोध गरेका बताएका छन । 

    कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौंलगायत अन्य स्थानबाट हजारौं मजदूर जिल्ला आएका थिए ।  

    कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष  क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।

    आज मात्रै ३१० जना घर फर्किएका छन् भने  १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् । आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा  २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् । 

    त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार