काठमाडौं, ३० बैशाख ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकोले आज पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३० गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३१ गते (बुधबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ।पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १ गते (बिहीबार)
दिउँसोः देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनएको छ ।