Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ दल खोल्न अघि बढेका नेपालको साथ छाड्ने बिष्ट र भट्टराईकाे संकेत


    बिहिबार, जेष्ठ २० २०७८
    2.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल खोल्न अघि बढेकाे समयमा नेपाल निकट गोकर्ण बिष्ट र योगेश भट्टराईले भने साथ छाड्ने छाठकाँट देखाएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा राजनीतिक अस्त्र फालेर अलमलाउने मात्र गरेको भन्दै नेपाल, झलनाथ खनाल र भीम रावल अलग भएर जानुपर्ने पक्षमा छन् । 

    तर, एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने पक्षका बिष्ट र भट्टराईले भने कुनै हालतमा एमाले फुटाएर अर्को पार्टी गठन गर्न नहुने बरू जे जस्तो सहमति निकाल्न सकिन्छ निकालेर अन्र्तसंघर्ष गर्दै जानुपर्ने अडान लिदै आएका छन्।

    नेपाल भने सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनबारे आउने फैसला हेरेर अगाडि बढ्ने पक्षमा छन् । फैसला आएपछि उनले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । त्यतिबेला सुरेन्द्र पाण्डेको साथ हुनसक्ने सम्भावना छ । तर, गोकर्ण बिष्ट र योगेश भट्टराई एमालेमै रहने सम्भावना बलियो देखिएकाे छ ।

    बिष्ट र भट्टराईको पछिल्लो भूमिकाप्रति नेपाल असन्तुष्ट बनेका छन् । हिजो आफूनिकट भातृसंघ संगठनका युवा नेताहरुसँगको छलफलमा नेपालले अगाडि बढ्ने स्पष्ट पारे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार