Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कविता लेख्ने डीआइजीलाई भ्रष्टाचार मुद्दा


    बुधबार, फाल्गुन २१ २०७६
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ फागुन ।  नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाह फौजीभन्दा पनि साहित्यकारका रुपमा चिनिन्छन् । प्रहरीको कर्तब्य निर्वाहका अतिरिक्त कविता र साहित्य लेखनमा सक्रिय रहेका विरुद्ध शाहबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाहको कथासंग्रह ‘छापामारको छोरो ले मदन पुरस्कारसमेत जितेको थियो ।

    २०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

    डीआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दीपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशवसिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब विशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    उनीहरुले तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धानपछि कारबाही हुनेछ । 
     २०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । 

    शाह २०७६ माघमा अवकाश भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार