Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिमानामा सुरक्षा गर्न विद्यार्थी संगठनको माग


    आइतबार, बैशाख २८ २०७७
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २८ बैशाख।  सरकारसँग नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले माग गरेको छ ।

    आइतबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आग्रह गरेको हो ।

    त्यस्तै सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल लिन सरकारलाई आग्रह गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न पनि तत्काल कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    \"\"

    नेकपाको युवा र विद्यार्थी संगठनले तत्काल कुटनीतिक पहल गरी मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल लिन माग गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार