Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय विस्तारवादविरुद्ध  विरोधमा उत्रिएका १० विद्यार्थी पक्राउ


    आइतबार, बैशाख २८ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २८ बैशाख । नेपाल प्रहरीले  नयाँ बानेश्वरबाट १० जना विद्यार्थीलाई पक्राउ गरेको छ । आइताबार  लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्न  बानेश्वर पुगेका उनीलाई प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीका अनुसार  विभिन्न गल्लीबाट निस्केर नयाँ बानेश्वर संसद भवन अगाडि विरोध गर्न लागेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।  ‘थापागाउँ अनि अरू गल्लीबाट निस्केर संसद भवन अगाडि जान खोजेका थिए’ उनले भने, ‘उनीहरूलाई पानी ट्याङ्की अगाडिबाट नियन्त्रणमा लियौं।’

    प्रहरीका अनुसार उनीहरू विभिन्न दलनिकटका विद्यार्थी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार