Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाँजासहित मकवानपुरबाट एक महिला पक्राउ


    आइतबार, बैशाख २८ २०७७
    880
    Shares
  • १ मिनेट पाठ
  • हेटौंडा, बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो गाँजासहित  एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ की फुलमाया तामाङ रहेकी छिन् ।

    घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा बोरामा पोका बनाई राखेको गाँजा बरामद गरेको हो ।  तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार