Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा १ लाख घुससहित जिल्ला वनका प्रमुख पक्राउ


    शनिबार, बैशाख २७ २०७७
    925
    Shares
  • १ मिनेट पाठ
  • नुवाकोट, २७ बैशाख । कोरोना महामारीले विश्वका मानवजाति मृत्युसँग लड्दैछन् । बाँचिने हो कि मर्ने हो एकीन छैन । नेपालमा पनि ४५ दिनदेखि लकठडाउन छ । तर घुसका अगाडि मृत्युको डर पनि केही होइन रहेछ भन्ने पुष्टी गरेका छन्, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादले । उनलाई शनिबार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । टोलीले कार्यालय परिसरबाट नै रु. एक लाखसहित उनलाई पक्राउ गरेको हो ।

    अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए ।

    सूर्यगढी गाउँपालिका– ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार