Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार स्वाब संकलन गरिएका सांसद ४ बजे हुने वैठकमा जान नपाउने


    शुक्रबार, बैशाख २६ २०७७
    680
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख ।  शुक्रबार कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका सांसद दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने सम्भावना बढेको छ ।

    संसद  सचिवालयका अनुसार आज संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना  कम रहेको छ ।

    शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

    उनीहरुको रिपोर्ट संसद बैठकअघि आउने वा नआउने टुंगो छैन  ।

    संसद सचिवालय अन्तर्गतका स्वास्थ्य इकाइका डा। पुष्प रिजालले शुक्रबार संकलन गरिएका सांसदहरुको रिर्पोट साँढे ४ बजेअघि आउन सम्भव नरहेको बताए । ‘साढ चार देखि ५ बजेपछि रिपोर्ट आउन सक्छ’ उनले भने ।

    राष्ट्रिय सभाले शुक्रबार स्वाब संकलन गरिएकाहरुको रिपोर्ट आउन नसक्ने भएपछि उनीहरुलाई बैठकमा सहभागी नगराउने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाले यसबारे निर्णय गरिसकेको छैन ।

    तीबाहेक ५४ जना सांसद भने अझै स्वाब संकलनमा छुटेका छन् ।

    शुक्रबार संसद बैठकअघि २ सय १२ जना सांसदको मात्र रिपोर्ट आएको छ । उनीहरुमध्ये १ सय ७९ जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सदस्य छन् । उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेव पाण्डेले जानकारी दिए ।

    प्रतिनिधिसभाका ४ जना सदस्य निलम्बित छन् भने राष्ट्रियसभाका एक जना सदस्य मनोनित हुन बाँकी छ ।

    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार शुक्रबार स्वाब संकलन गरिएका सांसदहरुको परीक्षण रिपोर्ट बेलुकीसम्म आउन सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार