Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद भवनमा परिक्षण गराएका ४४० जना कै रिपोर्ट नेगेटिभ


    शुक्रबार, बैशाख २६ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख । बिहीबार संसद भवनमा गरिएको कोरोना परिक्षणमा परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ  । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभां)का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।

    उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

    आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

    महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार