Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैशाख २६ देखि २८ गतेसम्मको मौसम पूर्वानुमान 


    शुक्रबार, बैशाख २६ २०७७
    785
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं,२६ बैशाख । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ । आगामी २४ घण्टामा देशको पुर्वी भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग र असिनासहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

    आजदेखि  तीन दिनको मौसम पूर्वानुमान

    शुक्रबार

    दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू-भागका थोरै स्थानहरूका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    रातिस् देशको पूर्वी भु-भागमा सामान्य बदली र मध्य र पश्चिमका पहाडी भू(भागमा आंशिक बदली भई बाँकि भू(भागमा सामान्यतया सफा रहनेछ । पुर्वी भू(भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    शनिबार

    दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू(भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    रातिस् मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    आइतबार

    दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमि भू(भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    राति ; देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार