Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुमा २ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित १ सय १ पुगे


    बिहिबार, बैशाख २५ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २५ बैशाख । कपिलवस्तुमा आज २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज भेटिएका संक्रमित कपिलवस्तु–८ निवासी १६ र २२ वर्ष उमेरका पुरुष हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत मन्त्रालयले जनाएको छ । 

    कपिलवस्तुमा आज देखिएका दुई संक्रमितपछि नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार