Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकाली तरेर ६ नेपाली स्वदेश फर्किए


    बिहिबार, बैशाख २५ २०७७
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ बैशाख । महाकाली नदि तरेर ६ जना नेपाली भारतबाट स्वदेश फर्किएका छ्न । लकडाउनको समयमा  भारतमै रोकिएका उनीहरु जना बुधबार महाकली नदी तरेर नेपाल प्रवेश गरेका हुन्।

    चार महिनाअघि मजदुरी गर्न गएका उनीहरुमध्ये ५ जना ट्युबबाट महाकाली तरेका हुन् भने एकजना पौडिएर आएका हुन्।
    यसरी नेपाल प्रवेश गर्नेमा डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन्।

    नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए।

    उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन्।
    यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका हुन्।
    लकडाउनका कारण काम बन्द भएपछि घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताए।
    'एक महिनादेखि काम बन्द भयो', उनले भने, 'नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ।'

    तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए।
    नेपाल–भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउने क्रम रोकिएको छैन्।
    उनीहरुले ट्युबबाट महाकाली तर्न प्रतिव्यक्ति एक हजार ६०० तिरेको बताए।
    बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकले प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार पैसा तिरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए।
    'ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन', उनले भने, 'लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ। गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु?'
    उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ।
    (रासस)
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार