काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगाला प्रत्यारोपण हुँदैछ । मृगौला प्रत्यारोपण हुने २ दिनअघि सोमबार बेलुका प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका कार्यकारी अध्यक्ष मंगलबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
अस्पताल पुगेर प्रचण्डले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीको बुधबार हुने मिर्गाैला प्रत्यारोपणको तयारीका विषयमा चिकित्सकसँग जानकारीसमेत लिएका थिए ।