कास्की, २४ वैशाख । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा तास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ
उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा सुवेदी समेतका उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।