Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नम्बर ५ द्वारा कोरोना परिक्षण किटको माग


    बुधबार, बैशाख २४ २०७७
    660
    Shares
  • २ मिनेट पाठ
  • बुटवल, २४ बैशाख ।कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बुधबार बसेको वैठकले कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ ।नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश नम्बर  ५ ले उक्त किटको माग गरेको हो।

     नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधी माग गरेको हो ।बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ ।

    बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना संक्रमित पुष्टि भएपछि प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको वैठकले कोभिड–१९ को उपचारका लागि स्थान अभाव हुन नदिन बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत प्रयोग गर्ने निर्णय गरेको छ ।कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने पनि निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

    वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले कोरोना भाइरसका शंकास्पद बिरामीको पीसीआर परीक्षणमा जोड दिने र भारतबाट आउनेका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    भारतबाट आउन सक्ने नेपालीलाई लक्षित गरी बाँके, रुपन्देही र कपिलवस्तुमा तीन हजार शय्या क्षमताको क्वारेन्टाइनस्थल बनाउने निर्णय पनि बैठकले गरेको छ । हाल प्रदेश ५ मा ५ सय ९७ स्थानमा १४ हजार शय्या क्षमताको क्वारेन्टाइन स्थल छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार