काठमाडौं २४ बैशाख ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म हावाहुरीसहित असिना पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार अहिले देशभरको मौसममा आंशिक बदली भइरहेको छ ।
दिउँसोसम्म केही पहाडी क्षेत्रका साथै पूर्वी र मध्यतराईका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ । पश्चिमी र स्थानीय वायुको प्रभाव ढिलोसम्म कायम रहँदा नेपालमा गर्मी हुने बेलामा पनि चिसो कायम रहेको हो ।