काभ्रे, २३ वैशाख । मण्डनदेउपुर नगरपालिका-१२ रामपुर बस्ने प्रदीप ठकुरीलाई भरुवा बन्दुक १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा बाँदर आयो भनी आफ्नै घरमा रहेको लाईसेन्स नभएको भरुवा बन्दुक प्रदीपकी १२ वर्षीया छोरीले सोमबार साँझ पड्काउदा बन्दुकको छर्राले लागेर बालिका घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।