काठमाडौं, २३ बैशाख ।प्रधानमन्त्री निवासमा मंगलबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता झलनाथ खनाल छलफल भएको छ ।
स्रोतका अनुसार दुई नेताबीच पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिबारे छलफल भएको छ।
पछिल्लो समय खनाल प्रचण्ड-नेपाल खेमामा छन्। उनले पनि केही समयअघिसम्म उनी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
यसअघि प्रधानमन्त्री ओलीले आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।
ओली-प्रचण्ड छलफलमा स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल भएको बताइएको छ।
नेकपाको सचिवालय बैठक बुधबार बस्दैछ भने स्थायी समिति बैठक बिहीबार बोलाइएको छ।