काठमाडौं, १९ फागुन । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई पौड्याललाई राजदूतबाट फिर्ता बोलाई पाण्डेलाई पठाइएको बारेमा थाहा थिएन । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकले पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । उक्त मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पौड्याललाई फिर्ता बोलाउने र पाण्डेलाई पठाउने प्रस्ताव राखेका थिए ।
पौड्याल नेपाली कांगे्रसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन माओवादी कोटाबाट राजदूत नियुक्त भएका थिए । तर उनलाई कार्यकाल पूरा नै हुन नदिई फिर्ता बोलाइएको छ ।
पूर्वमुख्यसचिव पौडेल निजामती प्रशासनमा स्वच्छ छवि कायम राखी अवकाश भएका थिए । उनी देखेको कुरा स्पष्ट बोल्न सक्ने र क्षमतावान भनेरै तत्कालीन माओवादी नेतृत्वले उनलाई राजदूतका रुपमा चीनमा पठाएको थियो । तर माओवादी र एमाले गाभिएर बनेको नेकपाकै सरकारले उनलाई कार्यकाल पूरा नगरी फिर्ता बोलाएको छ । किन फिर्ता बोलाइयो भन्ने समेत उनलाई प्ुर्वजानकारी नदिएको गुनासो उनले गरेका छन् । आफूलाई फिर्ता बोलाइएको कुरा उनले मिडियामा आएपछि मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन् । राजदूत पौडेललाई नेपाल आउन १५ दिनको समय दिइएको छ ।
महेन्द्रबहादुर पाण्डेलाई ओलीले नै २०७३ मा प्रधानमन्त्री हुँदा चीनको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेका थिए । तर संसदीय सुनुवाइमा जाने बेलामा प्रचण्ड प्रधानमन्त्री भएपछि उनीसहित जापानका लागि नियुक्त खडग केसीलगायतको नाम फिर्ता लिइएको थियो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend