Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • मलेसिया श्रमिक ठगी प्रकरण: पूर्वमुख्यसचिव अर्यालको घरमा प्रहरीको छापा, दुई वटा ल्यापटप नियन्त्रणमा


    शुक्रबार, मंसिर १२ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मलेसिया श्रमिक ठगी प्रकरण पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेर ल्यापटप बरामद गरेको छ।

    प्रहरीले अर्यालको घरबाट बरामद गरेको दुई वटा ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।

    उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्ने तयारी गरेको छ।

    प्रहरी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि प्रहरीले उनको घरमा छापा मारेर ल्यापटप लगायतका सामग्री बरामद गरेको हो।

    अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए।

    कुँवरले मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने सम्बन्धी निर्णय गर्दा अर्याल मन्त्रालयको सचिव रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार