Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • पुनर्वासको सुनिश्चितता नभएसम्म सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट नहटाउन महामन्त्री राणाको आग्रह


    शुक्रबार, मंसिर १२ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारको पुनर्वास सुनिश्चित नगरी उनीहरूलाई त्यहाँबाट हटाउन नहुने बताएका छन् ।

    घरबार गुमाएका परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै राणाले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

    उनले भनेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

    राणाले प्रभावित परिवारसँगको संवादबाट पुनर्वासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । पुनर्वासको व्यवस्था नभएसम्म हालकै आश्रयस्थलमा बस्न दिनुपर्ने उनको माग छ ।

    उनले भने, ‘सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ। प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्छ। पुनर्वास नभएसम्म उनीहरूले हाल आश्रय लिइरहेको ठाउँमा ढुक्कसँग बस्न पाउनुपर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार