काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बिहीबार बिहानदेखि पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्गमा सवारी आवागमन प्रभावित भएको हो। पहिरो निरन्तर खसिरहेको र सडकमा ढुंगा तथा माटो थुप्रिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।
पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि सवारी आवागमन खुलाउने उद्देश्यले आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काममा अघि बढ्न सकेको छैन।
जुनसुकै समयमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले सडक प्रयोगकर्तालाई उक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालयले हतार नगरी, सुरक्षित दूरी कायम गरेर र ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
पहिरो पन्छाउने कामसँगै आगामी केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रु मर्कामा परेका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र छलफल गर्नुपर्ने विषय फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ । राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका...
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका...
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । बिहीवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend