काठमाडौं । उच्च अदालत पाटनले जारी गरेको अल्पकालीन आदेशको पालना नगरी अखिल नेपाल फुटवल संघ(एन्फा) को निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । पंकजबिक्रम नेम्वाङ नेतृत्व एन्फाले विधानविपरीत निर्वाचन गराउन लागेको भन्दै असन्तुष्ट पक्षले उच्च अदालत पाटनमा रोक्न रिट दायर गरेको थियो । जुन रिटमा अदालतले निर्वाचन नगर्न अल्पकालीन आदेश दिएको छ ।
अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशनलाई लत्याउँदै एन्फा नेतृत्त्व २०८२ फागुन २७ गते निर्वाचन गर्न लागेको थियो । तर निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेका कारण फागुन २७ गते घोषणा गरिएको निर्वाचन रोकेको थियो । निर्वाचन सकिएपछि अदालतको आदेश बिपरीत पुनः निर्वाचन गराउने दाउमा एन्फा नेतृत्त्व लागिरहेको छ ।

एन्फाभित्रको एक पक्षले निर्वाचनको बैधानिकता र औचित्यमाथि प्रश्न उठाइरहेको छ । तर त्यसको निराकरण नगरी एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङको समूह भने जसरी पनि निर्वाचन गर्न खोजिरहेको छ । नेम्वाङ नेतृत्वको एन्फाले निर्वाचन समितिका संयोजक बनाएका अधिवक्ता रामचन्द्र (आरसी) गौतम निष्पक्ष र स्वतन्त्र हुन नसक्ने र स्वार्थको द्वन्द्व आर्कषित हुने आधार देखाइएको छ ।

यसअघि पनि उनले एन्फा निर्वाचन समितिको सहसंयोजक भई काम गरेका थिए । गौतमलाई संयोजक बनाउने निर्णय एन्फा कार्यसमितिको २०८१ चैत ११ र १२ गतेको बैठकको निर्णय १५ मार्फत् प्रस्ताव गरेर २०८२ वैशाख २६ गतेको साधारणसभाले अनुमोदन गरेको छ ।
एन्फाको स्वीकृत निर्वाचन निर्देशिकाको धारा ३ मा निर्वाचन समितिको परिकल्पना गरेको छ । जसको अवधि चार बर्षको हुनेछ भनिएको छ ।
हेर्नुस् एन्फाको बिधान :
कान्तिपुर ल एशोसिएट्सको बेबसाइट हेर्दा संचालकमा सुहाङ नेम्बाङ (पंकजविक्रम नेम्बाङको नातेदार) र रामचन्द्र (आर.सी.) गौतम रहेको देखिन्छ । एन्फाका मुद्दामा कान्तिपुर ल एसोसिएट्समा आवद्ध वकिलहरु प्रत्यक्ष संलग्न रहेका छन् ।
एन्फाको बैंक खाताको भौचर नम्बर जेभी ०१४७ बाट २०८० मंसिर २५ मा २ लाख अठ्तीस हजार, २०८० चैत ९ गते जेभी ०२७३ बाट ३ लाख ८० हजार प्रस्तावित संयोजक आवद्ध कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टरलाई एन्फाले भुक्तानी दिएको देखिन्छ ।
लेखापरीक्षण प्रतिवेदनमा कुन मुुद्दामा कुन कानुन व्यवसायीका लागि रकम दिएको समेत स्पष्ट उल्लेख गरिएको छैन ।
एन्फा निर्वाचन संयोजक गौतमले नै एन्फा उपाध्यक्ष दावा लामाको मुद्दामा पक्षबाट बहस पैरवी गरेको देखिन्छ ।

गौतमलाई निर्वाचन संयोजक बनाउनुले एन्फाले लागु गरेको कन्फिक्ट अफ इन्ट्रेष्ट म्यानेजमेन्ट पोलिसी सोझै आकर्षित हुने देखिन्छ ।
एन्फाले हालै कार्यसमितिबाट पारित गरेको लेखापरीक्षण रिपोर्ट आ.व. २०८१।०८२ मा Judicial Proceedings भनेर लाखौं रुपैयाँ खर्च गरेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend