काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने चार क्लस्टरको मतगणना जारी छ । अरु छ क्लस्टरको गणनाको तयारी भइरहेको उनले बताए। निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ । त्यस्तै पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यको पनि गणना पूरा भएको छ ।
यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदको मतगणना अहिले जारी छ । हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।
त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मतगणना पनि तीव्र रूपमा भइरहेको छ । बाँकी रहेका अन्य क्लस्टरको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्य, अल्पसङ्ख्यक तथा अपाङ्तातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य गर्न बाँकी नै छ ।
मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य, खस(आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्य तथा पेसागततर्फको खुला र महिला केन्द्रीय सदस्यको मतगणनाको पनि तयारी भइरहेको कांग्रेसले जनाएको छ ।
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद्...
उदयपुर। बेलका नगरपालिका–५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एकजना पिकअप चालक पक्राउ परेका छन्। प्रहरी चौकी लालबजार,उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend