Nepal Face
  • बुधबार, २८ असोज २०८३
  • संसदीय सुनुवाइ समितिमा सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ


    मंगलबार, असोज २७ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गरेका छन् ।

    यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरुले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।

    कतिपय कोट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ ।

    सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाइ जारी छ । सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतको सुनुवाइ भएको थियो ।

    आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार