Nepal Face
  • मंगलबार, २७ असोज २०८३
  • सरकारले थाल्यो चाडपर्ब लक्षित बजार अनुगमन, काठमाडौंमा मात्रै ५० कर्मचारी परिचालन


    मंगलबार, असोज २७ २०८३
    100
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन थालेको छ। अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र विभाजन गरेर बजारको अनुगमन गर्छन् ।

    बजार अनुगमनमा वाणिज्य विभागसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय पनि परिचालित छन् । उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले समेत अनुगमन गरिरहेको छ ।

    बजारमा उपभोग्य वस्तुमा महँगी अचाक्ली बढेको गुनासो आइरहेका बेला विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्वमा कुनै वस्तुको माग बढी छ कि छैन, त्यसको आपूर्तिको अवस्था कस्तो छ, व्यवस्थापन तथा गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरा ध्यानमा राख्दै कृत्रिम अभाव सिर्जना हुन नदिन केन्द्रित रहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार