उदयपुर। बेलका नगरपालिका–५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एकजना पिकअप चालक पक्राउ परेका छन्।
प्रहरी चौकी लालबजार,उदयपुरबाट प्रहरी सहायक निरीक्षक गोविन्द सापकोटाको कमाण्डमा खटिएको टोलीले गाजा बरामद गरेको हो।
फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५२९० नम्बरको पिकअप जाँच गर्ने क्रममा धानको भुसका बोराले छोपेर लैजाँदै गरेको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ। उक्त बरामद गरिएको गाँजा तौल गर्दा १५९ किलो ४०० ग्राम रहेको छ ।
उक्त गाँजा बरामद गर्नुका साथै पिकअप चालक सप्तरी, सप्तकोशी नगरपालिका –८,आदोरा बस्ने अन्दाजी २८ वर्षीय पशुपति साफीलाई नियन्त्रणमा लिएको छ।
बरामद गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद्...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend