काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्ना नीति र कार्यशैलीमा सुधार गर्नुपर्नेमा सुझाव दिए ।
‘कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला,’ लामिछानेले भने, ‘दुर्गम र पछाडि परेका व्यक्तिलाई अगाडि ल्याउन अवसर दिएको भए म पनि कांग्रेस हुन्थेँ होला। यति लहलहाउँदो रुखलाई छाडेर अरूलाई भोट हाल्न बाध्य नबनाएको भए म पनि कांग्रेस हुन्थेँ होला।’
वर्तमान सरकारको स्थायित्व र सरकार फेरबदलको चर्चाबारे टिप्पणी गर्दै लामिछानेले सरकार ढल्ने हल्ला चलाउनेहरू नै बेहोस भएर ढल्ने बताए ।
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्। उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै...
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् । रुपन्देहीको सियारीमा आइतबार आयोजित...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक...
काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ। जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend